मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विवाह गर्छु भन्दै एक वर्षसम्म करणी गर्ने पक्राउ

बुधबार, २९ जेठ २०७६, १२ : २२
बुधबार, २९ जेठ २०७६

दाङमा करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

विवाह गर्छु भनी पटक–पटक करणी गर्ने गरेको पीडितको जाहेरीका आधारमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी १८ बर्षीय जीवन भनिने रुपक भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।

गतबर्ष चैतदेखि दाङकी एक महिलालाई लगातर करणी गरेको आरोप लागेको छ । घोराही १० डोक्रेना चोक स्थित कोठा लिई बारम्बार ज्यान मार्ने र बेईज्जत गर्ने धम्की दिएर करणी गर्ने गरेको पीडित पक्षले आरोप लगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

उनलाई मुलुकी फौजदारी कार्यविध  २०७४ को दफा १४ वमोजिम पाँचदिन म्यादथप गरि अनुसन्धान गर्न लागिएको  प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप