केन्द्रीय संस्करण

सरकारले लुटतन्त्र मच्चाउन गुठी विधेयक ल्यायो : नेता जोशी

person explore access_timeजेठ २९, २०७६ chat_bubble_outline0

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले सरकारले लुटतन्त्र मच्चाउन गुठी विधेयक ल्याएको आरोप लगाएका छन् । 

बुधबार राजधानीमा गुठी विधेयकविरुद्ध संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा नेता जोहीले यस्तो आरोप लगाएका हुन् । 

उनले भने,‘नागरिकले आफ्नो धर्म संस्कृति र परम्परा संरक्षणका निम्ति खडा गरेको गुठीमाथि धावा बोल्न खोजिँदै छ । गुठीको सम्पत्तिमा आखा लगाइरहेका दलालहरुलाई पोस्न गुठी विधेयक ल्याएको हो ।’

नेता जोशीले विधेयकका विरुद्ध राजनीति भन्दामाथि उठ्न सबैलाई आग्रह पनि गरे । अधिनायकवाद र सर्वसत्तावादी चरित्रतर्फ उन्मुख सरकारले हाम्रो परम्परामा धावा बोलेको छ । यो विधेयकका विरुद्ध राजनीति भन्दामाथि उठ्न सबैलाई आग्रह गर्छु,’ उनले भने । 

गुठीयारको अधिकार खोसेर लुटतन्त्र मच्याउन सरकार अग्रसर भएको नेता जोशीको आरोप थियो । उनले धर्म संस्कार र संस्कृतिको नाश नहुन दिन एकजुट हुन सबैलाई आग्रह गरे ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...