बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय चर्चित अभिनेता तथा नाटककार गिरिश कर्नाडको मृत्यु

बुधबार, २९ जेठ २०७६, १२ : ०२
बुधबार, २९ जेठ २०७६

एजेन्सी । भारतका चर्चित अभिनेता, फिल्म निर्देशक, नाटककार, लेखक र बहुआयामिक प्रतिभाका धनी गिरिश कर्नाडको सोमबार बेंगुलुरुमा निधन भयो । उनी ८१ वर्षका थिए । उनी भारतको प्रतिष्ठित ज्ञानपीठ पुरस्कार तथा पद्म भूषणबाट सम्मानित थिए ।

गिरिश लामो समयदेखि बिमारी थिए । उनको शरीरको कैयन अंगले काम गर्न छाडेको थियो । उनलाई सास लिन गार्‍हो भएपछि अन्तिम समयतिर अस्पतालमा भर्ना गरिएको थियो ।

आफ्नो विचारलाई खुलेर प्रकट गर्ने विषयलाई लिएर उनी विभिन्न समय दक्षिणपन्थीको निशानामा पनि पर्ने गरेका थिए ।

कनार्डको हिजो नै अन्तिम संस्कार भयो । उनको इच्छा अनुसार परिवारले कुनै रीति रिवाज पालना नगर्ने निर्णय गरेको थियो ।

कर्नाडका हितैसी र गणमान्य हस्तिलाई पनि सिधै मसानघाटमा पुगेर अन्तिम विदाई दिने अपील गरिएको थियो ।

कर्नाटक राज्यको मुख्यमन्त्री कार्यालयले कर्नाडको सम्मानमा सोमबार विदाको गर्दै तीन दिनको शोक घोषणा गर्यो । मुख्यमन्त्री कार्यालयले घोषणाबारे स्पष्टिकरण दिँदै कनार्डलाई ज्ञानपीठ पुरस्कारबाट सम्मानित मानिसलाई दिइने राजकीय सम्मान दिएको बताएको छ ।

बहुमुखी प्रतिभाका धनी कनार्ड सन् १९५८ मा धारवाडस्थित कर्नाटक आर्ट कलेजमा पढेर त्यसपछिको पढाई बेलायतको अक्सफोर्ड विश्वविद्यालय गरे । उनले त्यहाँ दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातोकर डिग्री हासिल गरे ।

उनी युनिभसिटी अफ शिकागोमा प्रोफेसर पनि रहिसकेका व्यक्ति हुन् । तर पछि उनी त्यहाँबाट भारत फर्किएर थिएटरमा काम गर्न थाले । त्यसपछि उनले आफूलाई पूर्णत साहित्य र फिल्ममा लगाए ।

राजनीतिक रुपमा उनी मोदीका विरोधी थिए । उनी कर्नाड रंगमंचका ती ६ सय कलाकारमा सामेल थिए, जसले लोकसभा चुनावमा भाजपा र उनका सहयोगीलाई हराउन आह्वान गर्दै एउटा अपिल जारी गरेको थियो ।

कर्नाड नोबेल पुस्कार विजेता भीएस नायपालको, उनको मुसलमानप्रतिको विचारको पनि चर्को आलोचना गरेका थिए ।

उनी ३५ वर्षको उमेरमा भारतको प्रतिष्ठित ‘फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डिया(एफटीआईआई)’ का निर्देशक चुनिएका थिए । उनी गैर–कर्मचारीबाट उक्त पदको नेतृत्व गर्ने पहिलो भारतीय हुन् ।

उनले त्यहाँ छदा ‘इन्टिग्रेटेड कोर्स’ सुरु गरेका थिए । त्यस अन्तर्गत एउटा विशेष विषयको पढाई गर्ने छात्र–छात्रालाई अर्को विषयको सामान्य जानकारी हासिल गर्नुपर्ने अनिवार्य गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप