बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘उल्झन’मा अभिनेत्री रजनी

मङ्गलबार, २४ साउन २०७४, १३ : ५१
मङ्गलबार, २४ साउन २०७४

 
काठमाडौं –‘गोर्खा पल्टन’ अभिनेत्री रजनी केसीको अभिनय ‘उल्झन’मा पनि रहने भएको छ । राजु अधिकारीको कथा तथा निर्देशनमा बन्न लागेको चलचित्रमा उनी अभिनेता ध्रुव दत्तको जोडीको रुपमा देखिन लागेकी हुन् । 


राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभसाइत भयो । ध्रुव दत्त, रजनी केसी, वेनी ढुंगाना, दिपक ढकाल, रामचन्द्र अधिकारी, ऐनी बिष्ट लगायतका कलाकारको मुख्य अभिनय रहने चलचित्रको शुभसाइत कार्यक्रममा कलाकारहरु समेतको उपस्थिती रहेको थियो ।


लक्ष्मण घिमिरेको छायाँकन, हिरामणी न्यौपाने र दिनेश गौतमको संगीत, कुमार महर्जनको एक्सन, शिव वीकको नृत्य निर्देशन रहन चलचित्रका तेजेन्द्र कँडेल प्रस्तुतकर्ता हुन् । 


चलचित्रमा सन्तोष अधिकारी र हरि कार्कीको लगानी रहने छ । चलचित्रका कार्यकारी निर्माता नविन अधिकारी र नारायण ढुंगाना बताइएको छ । 

– एउटा यूवाले विदेशमा पुगेर भोग्नु परेको पीडा र लक्ष्य प्राप्त गरिसकेपछि स्वदेश फर्कदा पारिवारिक सम्बन्धमा आउँने दरारको कथालाई चलचित्रले देखाउने निर्देशक अधिकारीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप