शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बोइङले लगातार दोस्रो महिना पाएन जहाजको अर्डर

बुधबार, २९ जेठ २०७६, ११ : ०३
बुधबार, २९ जेठ २०७६

एजेन्सी । मे महिनामा बोइङले कुनै व्यवसायिक विमानको अर्डर पाएन । यस अघिको महिनामा पनि उसले विमान अर्डर पाएको थिएन । बोइङको सबैभन्दा अत्याधुनिक र चर्चित जेट ७३७ म्याक्सका ठूल्ठूला दुर्घटना भोगेको अवस्थामा बोइङले लगातार दोस्रो महिना अर्डर नपाएको हो  ।

अर्को हप्ता वार्षिक हवाई व्यापार प्रदर्शनी ‘पेरिस एअर शो’ आयोजना हुँदैछ । त्यसमा बोइङ र उसको प्रतिस्पर्धी एयरबसले आफूले पाएको अर्डर घोषणा गर्ने गर्छन् । धेरै अर्डर यही प्रदर्शनीमा हुने भएकाले मेमा नयाँ अर्डर कम नै हुने गर्छ ।

तथापी, अघिल्लो वर्ष यही अवधि (मे महिना)मा बोइङले ४३ जेट विमानको अर्डर पाएको थियो । तीमध्ये २१ वटा अर्डर ७३७ म्याक्सको लागि थियो ।

लगातार दुई ठूला विमान दुर्घटनापछि बोइङको ७३७ म्याक्स मार्चको मध्यमा विश्वभरी ग्राउण्डेड गरिएको थियो । मार्च १० मा इथियोपियाको राजधानी अदिस अबाबाबाट उडेको ६ मिनेटपछि नै विमानको दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार सबै १४९ मारिए ।

त्यसको पाँच महिनाअघि सन् २०१८ अक्टोबर २९ मा पनि इण्डोनेशियामा बोइङको विमान दुर्घटना भएको थियो । इण्डोनेशियामा भएको दुर्घटना पनि सोही मोडलको जहाज संलग्न थियो ।

विमान इण्डोनेशियाको सुकार्नो–हत्ता अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटपछि नै जहाज समुन्द्रमा खसेको थियो । त्यस दुर्घटनामा पनि विमानमा सवार सबै १८९ मारिएका थिए ।

यी दुवै दुरघटनामा विमानको स्वचालिन सुरक्षा विशेषतामा समस्या देखिएको थियो । अहिले बोइङले उक्त विशेषता सुधार गरेर अमेरिकी संघीय निकायबाट स्विकृति  गराउन खोजेको छ ।

ग्राउण्डेड हुँदाको अवस्थामा पनि थोरै दरमा बोइङले ७३७ म्याक्सको निर्माण जारी राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप