शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एन्डोरामाथि फ्रान्सको फराकिलो जित

बुधबार, २९ जेठ २०७६, १० : ४५
बुधबार, २९ जेठ २०७६

युरो कप छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा विश्वकप विजेता फ्रान्सले एन्डोरामाथि ४–० गोलको प्रभावशाली जित निकालेको छ । फ्रान्सको जितमा युवा स्ट्र«ाईकर केलियन एमबाप्पे, विसम विनयडर, फ्लोरियन थाउभिन र कुर्ट जौमाले गोल गरे । एमबाप्पेले ११औं मिनेटमा खाता खोलेका थिए । विसमले ३०औं मिनेटमा गोलगर्दै टोलीको अग्रता दोब्बर बनाए । फ्लोरियनले पहिलो हाफको इन्जुरी समय र कुर्टले ६०औं मिनेटमा गोलगर्दै फ्रान्सलाई सहज जित दिलाएका थिए ।

जितसँगै समूह ‘एच’ मा रहेको फ्रान्स नौ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । फ्रान्सले समान नौ अंक बनाएको टर्की र आइसल्यान्डलाई गोलअन्तरको आधारमा पछि पारेको छ । एन्डोराले अंक जोड्न सकेको छैन । समूह ‘एच’ कै अर्को खेलमा आइसल्यान्डले टर्कीलाई २–१ गोलले हराएको छ । आइसल्यान्डको जितमा दुवै गोल रगनर सिगुर्सनले गरे । टर्कीका डोरुखान टोकोजले एक गोल फर्काए । अर्को खेलमा अल्बानियाले मोल्डोभालाई २–० गोलले हराएको छ ।

यसैगरी युरोकप छनोटकै समूह ‘सी’ को खेलमा जर्मनीले इस्टोनियालाई ८–०  र नर्दन आयरल्यान्डले बेलारुसलाई १–० गोलले हराएको छ । समूह ‘जे’ को खेलमा इटालीले बोस्निया एन्ड हर्जगोभिनालाई २–१, अर्मेनियाले ग्रीसलाई ३–२ र फिनल्यान्डले लिचेसटेन्सटेनलाई २–० गोलले हराएको छ ।

समूह ‘इ’ को खेलमा वेल्सले हंगेरीलाई १–० र स्लोभाकियाले अजरबैजानलाई ५–१ गोलले पराजित गरेको छ । समूह ‘आई’ को खेलमा बेल्जियमले स्कटल्यान्डलाई ३–०, रुसले साइप्रसलाई १–० र काजकस्तानले सानमारियोलाई ४–० गोलले हराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप