अस्ट्रेलियालाई हराउने पाकिस्तानको दाउ
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) साँझ साविक विजेता अस्ट्रेलिया र पाकिस्तान खेल्दैछन् । पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया बलियो टोली हो । एक पटक विश्वकप उपाधिको स्वाद चाखेको पाकिस्तान पनि अस्ट्रेलियालाई हराउने दाउमा छ ।
यस विश्वकपमा यी दुवै टोलीले तीन तीन खेल खेलेका छन् । अस्ट्रेलिया दुई जित र एक हार खेपेको छ । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले हराएको अस्ट्रेलिया तेस्रा खेलमा भारतसँग ३६ रनले पराजित भएको थियो ।
पाकिस्तानले एक जित, एक हार र एक बराबर नतिजा निकालेको छ । पाकिस्तान पहिलो खेलमा वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । दोस्रो पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हराएको थियो । पाकिस्तान र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको थियो ।
अस्ट्रेलिया अहिले लयमा देखिएको छ । पाकिस्तानी टोलीको प्रदर्शन अहिले एकनासको छैन । अस्ट्रेलियाको ब्याटिङ, बलिङ र फिल्डिङ सबै उत्कृष्ट छ । पाकिस्तानको बलियो पक्ष बलर हो । यसअघि विश्वकपमा खेलिएको खेलमा अस्ट्रेलिया नै बलियो देखिएको छ । विश्वकपमा दुई टोली नौ पटक भिडेका छन् । जसमा पाँच खेल अस्ट्रेलिया र चार खेल पाकिस्तानले जितेको छ । काउन्टी ग्राउन्डमा यी दुई टोलीबीचको भिडन्त रोचक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता