शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाली सेनापतीलाई नरभक्षी माछा भएको ट्याङ्कीमा फ्याँकेर दिइयो मृत्युदण्ड

बुधबार, २९ जेठ २०७६, १० : २४
बुधबार, २९ जेठ २०७६

उत्तर कोरियाली शासक किम जोंग उनले एक सेनापतीलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले मानिसलाई समेत खान्छ भनिन्छ ।

डेली स्टारको खबर अनुसार सेनापतीलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो । ती सेनापतीमाथि सत्ता पलटको कोसिसको आरोप लगाइएको थियो । सजायको यो तरिका सन् १९७७ मा रिलिज भएको जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ बाट प्रेरित भएको बताइन्छ ।

उक्त ट्याङ्कीमा ब्राजिलबाट ल्याइएका सयौं पिरान्हा रहेको बताइन्छ ।

सेनापतीलाई ट्याङ्कीमा फ्याँक्नु अघि उनको दुईटै हात काटिएको पनि डेली स्टारले बताएको छ ।

सेनापतीलाई माछाले मार्‍यो वा उनको मृत्यु घाउका कारण वा डुबेर भएको भन्ने कुनै स्पष्ट जानकारी भने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप