दुई थान पेस्तोलसहित भारतीय पक्राउ
मङ्गलबार, २८ जेठ २०७६, २२ : २६
विराटनगर-दुई थान पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई प्रहरीले विराटनगर क्षेत्रबाट पक्राउ गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार भारत विहार सितामढी ग्राम पञ्चायत थान बैरगनिया–७ घर बताउने अन्दाजी २० वर्षीय कुनाल कुमारलाई विराटनगर–९ स्थित एक होटलवाट सोमबार राति पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङलाई आएको गोप्य सूचनाको आधारमा जाँच गर्ने क्रममा अटोमेटिक पेस्तोल थान–१, सोही पेस्तोलको म्याग्जिन थान–१, म्याग्जिनमा लोड भएको गोली चार राउण्ड, कटुवा पेस्तोल थान–१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र निजले लगाएको पाइन्टको गोजीबाट कटुवा पेस्तोलमा लाग्ने ३ राउण्ड गोली बरामद गरिएको थियो । निज कुनाललाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले आज जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला