शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनरल इन्स्योरेन्स कम्पनी नेपाल र सिद्धार्थ बैंक बीच बिमा सम्झौता

मङ्गलबार, २८ जेठ २०७६, १७ : ४२
मङ्गलबार, २८ जेठ २०७६

काठमाडौं– जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.(जिआईसी नेपाल) र  सिद्धार्थ बैंक लिमिटेड  बीच बिमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स तथा बैंक बीच एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बिमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप