सांग्रिला डेभलपमेन्ट बैंक नयाँ बचत योजनः “बचत पनि विमा पनि”
काठमाठौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुको सुविधाहरुलाई मध्येनजर गर्दै अझ बढी लाभान्वित तुल्याउनको लागि “बचत पनि बिमा पनि” नयाँ बचत खाता संचालनमा ल्याएको छ ।
यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् ।
जस अन्तर्गत ती खाताहरु खोल्ने ग्राहक महानुभावहरुलाई जम्मा १६ लाख सम्मको बिमाको व्यवस्था गरिएको छ जुन खाताको प्रकृति हेरी दुर्घटना बिमा, औषधि उपचार बिमा तथा घाटक रोगको उपचार बिमा सम्बन्धी सुविधाहरु रहेका छन् ।
जुन खाता खोल्दा ग्राहकहरुले मासिक ७% ब्याज प्राप्त हुनेछ । न्यूनतम मौज्दात ५ हजार, १५ हजार तथा २५ हजार रहेका छन् ।
यो खाता खोल्ने ग्राहक महानुभावहरुले लकर सुविधामा विषेश छुट, निशुल्क एबीबीएस तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि निशुल्क सुविधा प्राप्त गर्न हुनेछ ।
बैंकले बैकिङ्ग सम्बन्धी विभिन्न सुविधाहरु अन्तर्गत ग्राहकहरुको सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो नयाँ बचत खाता योजनाको थालनी गरेको छ ।