केन्द्रीय संस्करण

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मन्त्रालयका उपसचिव पक्राउ

person explore access_timeजेठ २८, २०७६ chat_bubble_outline3
सांकेतिक तस्बिर
सुजन पन्त

रातोपाटी

ललितपुर- प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियाेगमा एक बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यादव थर भएका एक उपसचिव रहेका छन् । 

महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया (नाम परिवर्तन) आरलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । 
आफ्नै घरको तेस्रो तल्लाको कोठामा यादवले विदेशतिर छोरीलाई करणी गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । 

घरमा कोही नभएको मौकामा यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तो थियो घटना
विगत ३/४ वर्षदेखि यादवले छोरीलाई डरधम्की देखाई करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । १२ कक्षामा अध्ययनरत आरलाई बाबुले संवेदनशील अंगमा हातले छुने गरेको पाइएको छ । 

बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाएकी थिइन् । आमाले पनि उक्त घटना आफ्नै घरभित्रको भन्दै श्रीमानलाई चेतावनी दिँदै लुकाएकी प्रहरी अनुसन्धानमा खुल्न आएको छ । 

त्यतिबेला आमाले घटनाबारे सत्यतथ्य लुकाएर राखेपनि गत जेठ १९ गते भने उनै आमा र ती किशोरीले सो घटना बाहिर ल्याएका हुन् । 

प्रहरीका अनुसार १२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षककसँग प्रेममा थिइन् । शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो । 

किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो पक्राउ गरिएको एसएसपी धानुकले पुष्टि गरे । 

कमेन्ट

  1. June 11, 2019, 8:35 p.m. देवयानी
    हे भगवान के के सुन्नु पर्छ याे कानले
  2.  0 Reply
  3. June 11, 2019, 6:06 p.m. Prem prakash Phauja
    नेपाल मा कानुन कम भयो जसले जे gare पनि हुन्छ यहाँ जेठाजु ले बुहारी को हत्या, ज्वाइँ ले 2 परिवार सहित 9 जना को हत्या afnai आमा ले छोरा को दुई टुक्रा, ममी ले बच्चा payar baas घारी मा falne नेपाल मा अत्ती भयो अब त mritudanda sajaay hunai prx yata biplop uthnai prx देश परिवर्तन garna भ्रष्टाचार विरुद्ध बोले gyanendra शाही jsto जेल मा हालेर पुलिस ले खुट्टा bhachne गरि kutxan k garnu यो नेपाल मा j gareni hunx
  4.  0 Reply
  5. June 11, 2019, 3:36 p.m. पि.एल.आशिष नुवाकोटे
    यस्ता नालायकलाई बाबु भन्नु पर्ने कुनै आधार बाँकी नभएकाले यस्तालाई मृत्युदण्ड दिने कानून नेपालमा बनाउन मिल्दैन ......? हुन त यस्ता नालायक हाकिमहरु हजारौं होलान् त्यो पनि कुनै राजनैतिक संरक्षणमा....? यहाँ केही हुनेवाला छैन । हद्दै भईहाले ५/७ वर्षको जेल सजाएँ सम्म होला ।
  6.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...