बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् रातोपाटी डटकमको छैटौं वार्षिकोत्सव समारोह

मङ्गलबार, २८ जेठ २०७६, १२ : २४
मङ्गलबार, २८ जेठ २०७६

काठमाडौं–डिस्कभरी न्यूज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमको छैटौँ वार्षिकोत्सव समारोह सोमबार साँझ राजधानीमा  सम्पन्न भएको छ । 

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपाल राष्ट्रिय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव कुमार नेपालको विशेष आतिथ्यता रहेको थियो । 

यस्तै समारोहमा सभामुख कृष्ण बहादुर महरा, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, उद्योग, अर्थमन्त्री युवराज खतिवडा, कानुनमन्त्री भानुभक्त ढकाल वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, सञ्चार तथा प्रविधि विकासमन्त्री गोकुल प्रसाद बास्कोटा, नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला, नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, नेकपा नेता वामदेव गाैतम, सुवास नेम्वाङ जनार्दन शर्मा, पूर्व सभामुख ओनसरी घर्ती लगायतको सहभागिता रहेको थियो । 

विभिन्न राजनीतिक दलका नेताहरुका साथै सरकारी निकायका अधिकारी, सुरक्षा निकायका प्रमुख र प्रतिनिधि, विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, उद्योगी, व्यवसायी, कलाकार, पत्रकार, शुभेच्छुकसहित विभिन्न क्षेत्र र पेसामा आवद्ध व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएका थिए । 

संस्थाको तर्फबाट स्वागत तथा शुभकामना मन्तव्य दिँदै रातोपाटी डटकमका संस्थापक प्रधान सम्पादक ओम शर्माले संस्था आवाजविहीनहरुको आवाज बन्न निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए । 
रातोपाटीप्रति पाठकहरूले देखाएको स्नेह, विश्वास र सद्भावले अहिलेको अवस्थासम्म आइपुग्न सकिएको भन्दै शर्माले सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता र देशविदेशमा रहने अमूल्य पाठकप्रति आभार प्रकट गरे । 

उनले नेपाली राजनीतिका गौरवपूर्ण क्रान्ति, आन्दोलन र सङ्घर्षले स्थापित गरेका उपलब्धिलाई संस्थागत गर्ने कार्यलाई रातोपाटीले बितेका ६ वर्षको दौरानमा विशेष जोड दिएको पनि स्मरण गराए । 
सुशासन, समृद्धि र विकासको मुख्य कार्यभारबाट मिडिया उद्योग टाढा रहन नसक्ने बताउँदै उनले भने, ‘छैटौँ वर्षको अवसरमा हामी आगामी दिनमा सुशासन, विकास र समृद्धिका लागि चौथो अङ्गले निर्वाह गर्ने भूमिकामा अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रतिबद्धता जनाउँछौँ ।’ 

आउँदा दिनमा रातोपाटीबाट सञ्चालित अनलाइन टीभीलाई सशक्त बनाउने र परिवर्तनको मार्गचित्रअनुसार हरेक प्रदेशमा प्रदेश कार्यालय राखेर जनताका सुखदुःखमा साथी बन्ने आफूहरुको योजना रहेको पनि शर्माले बताए । 

छैटौ वार्षिकोत्सवको अवसरमा भिडियोमार्फत शुभकामना दिँदै डिस्कभरी न्यूज नेटवर्क (रातोपाटी) की अध्यक्ष विजया शर्माले रातोपाटीलाई आगामी दिनमा प्रविधि सापेक्ष थप परिमार्जन गरिँदै लगिने बताइन् । 

यस्तै नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले रातोपाटीले छोटो नेपालकै एक मुख्य अनलाइन पत्रिका बन्न सफल भएकोमा बधाई तथा शुभकामना दिए । विषयवस्तुमा विविधता, स्तरीय पठन सामग्रीलगायतका विशेषताकै कारण रातोपाटीले छोटो समयमै पाठकको मन जित्न सफल भएको आफूले ठानेको प्रचण्डको भनाई थियो । 

यस्तै समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा, राजपा अध्यक्ष मण्डलका संयोजक अनिल कुमार झा, राप्रपा संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिश कुमार मोर,  नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, प्रेस काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलगायतले रातोपाटी छैटौ वर्ष पूरा गरी सातौ वर्षमा पूरा गरेको अवसरमा बधाई तथा शुभकामना दिएका थिए । 

कार्यक्रममा रातोपाटीका प्रवन्ध निर्देशक अर्जुन पन्तले बदलिँदो परिस्थितिमा संस्था सामना गर्नु परेका चुनौतिका साथै विज्ञापन नीतिका विषयमा प्रकाश पारेका थिए । 

कार्यक्रममा जनकलाकार जीवन शर्मा, जनयुद्धका गायक पाण्डप विष्टलाई नगदसहित सम्मान गरिएको थियो भने सबै रातोपाटीकर्मीलाई पनि संस्थालाई पुर्याएको योगदानको कदरस्वरुप प्रशंशापत्रले सम्मान गरिएको थियो । 

सो अवसरमा रातोपाटीको विगतको आरोह अवरोह समेटिएको प्रोफाइल समेत प्रस्तुत गरिएको थियो । रातोपाटी डटकम २०७० जेठ २७ बाट सञ्चालनमा आएको हाे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप