बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आर्मी चौथो पटक च्याम्पियन

मङ्गलबार, २८ जेठ २०७६, ०९ : ००
मङ्गलबार, २८ जेठ २०७६

 चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक त्रिभुवन आर्मी क्लबले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सोमबार साँझ भएको फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायो । आर्मी लगातार चौथो पटक च्याम्पियन बनेको हो ।

 उपाधि रक्षा गर्ने क्रममा आर्मीले गण्डकीलाई १६–२५, २५–८, २५–१०, २५–१६ ले हराएको थियो । आर्मीले तीन लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता गण्डकीले एक लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । नेपाल पुलिस क्लब तेस्रो भयो । पुलिसले ७५ हजार रुपैयाँ हात पा¥यो । प्रतियोगितामा आर्मीका भैरव बम सर्वोकृष्ट खेलाडी घोषित भए । उनले पल्सर मोटरसाइकल प्राप्त गरे ।

 यसैगरी व्यक्तिगत विधातर्फको पुरस्कारमा आर्मीका खेलाडीले बर्चस्व जमाए । आर्मीका इश्वर थापा उत्कृष्ट ब्लकर, दुर्गा महतो उत्कृष्ट सेटर र हरि अधिकारी उत्कृष्ट ब्लकर र आर्मीका कपिल किशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक भए । गण्डकीका याम क्षेत्री उत्कृष्ट स्पाइकर र पुलिसका कुलबहादुर थापा उत्कृष्ट सर्भर घोषित भए । उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ पाए । प्रतियोगितामा विभागीय तीन टोली र सात प्रदेश गरी १० टोलीले भाग लिएका थिए । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप