अमिताभ बच्चनको ट्वीटर अकाउन्ट कसले ह्याक गर्यो ?
बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट सोमबार राती ह्याक भएको छ । पाकिस्तान समर्थित टर्कीको टर्किश साइबर आर्मी ‘अयिल्दिज टिम’ ले यसको जिम्मेवारी लिएको छ ।
अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग सम्बन्धित पोष्ट गरिएको छ ।
ह्याकरले अमिताभको ट्वीटर अकाउन्टको प्रोफाइल–बायो नै परिवर्तन गरेको छ । अमिताभको प्रोफाइल फोटोको साटो पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको छ । साथै लेखिएको छ, ‘नायक... केही मानिस अहिले पनि यस्तो गरिरहेका छन् । पाकिस्तानलाई प्रेम ।’
अमिताभ बच्चन ट्वीटरमा विशेष सक्रिय छन् र उनका ३.७४ करोड फलोअर्स छन् ।
यद्यपि, पछि अमिताभको ट्वीटर अकाउन्ट रिकभर भएको छ र ह्याकरले गरेको सबै ट्वीट पनि हटाइएको छ ।
ह्याकरले अमिताभको अकाउन्टबाट ट्वीट गरेका थिए, ‘यो संसारभरीका लागि एक महत्वपूर्ण सन्देश हो । हामी टर्कीको फुटबल खेलाडीप्रति आइसल्याण्ड रिपब्लिकको व्यवहारको निन्दा गर्छौं । हामी प्रेमले कुरा गर्छौं तर हामी ठूलो लठ्ठी राख्छौं र तपाईंलाई यहाँ ठूलो साइबर हमलाबारे जानकारी दिइरहेका छौं । अयिल्दिज टिम टर्किश साइबर आर्मी ।’
टर्कीको फुटबल समूह केही दिनअघि यूरो सन् २०२० को क्वालिफाइंग म्याच खेल्न आइसल्याण्ड गएको थियो । त्यहाँ पुगेपछि टर्कीका खेलाडीमाथि एयरपोर्टमा गहन खोजतलास गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी