शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गगनचुम्बी भवनको छतमा होलिकोप्टर दुर्घटना हुँदा...

मङ्गलबार, २८ जेठ २०७६, ०७ : ४१
मङ्गलबार, २८ जेठ २०७६

न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा  हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ ।

दुर्घटनापछि भवनको छतमा आगलागी पनि भएको जसलाई तत्काल नियन्त्रणमा ल्याउन सकिएको अधिकारीले बताएका छन् । दुर्घटनामा कोही पनि घाइते नभएको जानकारीमा उल्लेख छ ।

स्थानीय मिडियाले मृत्यु हुने हेलिकोप्टर चालकको नाम टिम म्याककोर्म्याक बताएको छ ।

दुईवटा इन्जिन भएको अगस्टा A109E हेलिकोप्टरमा उनी नै एक्ला व्यक्ति सवार रहेको फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले बताएको छ ।

दुर्घटना स्थानीय समयानुसार सोमबार दिउँसो करिब २ बजेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप