शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम बंगालमा भाजपा र तृणमूल कँग्रेसबीच हिंस्रक झडप, ४ जनाको मृत्यु

सोमबार, २७ जेठ २०७६, ११ : ५५
सोमबार, २७ जेठ २०७६

एजेन्सी– पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको नाजट इलाकामा शनिवार राती तृणमूल कँग्रेस र भाजपा कार्यकर्ताबीच झडप भयो ।  झडपमा कम्तिमा चार मानिस मारिएका छन् । त्यस्तै तीन जना गम्भीर घाइते भएका छन् । 

पार्टीसम्बद्ध सूत्रले यस्तो दावी गरे पनि प्रहरीले यी मृत्युबारेमा कुनै पनि प्रतिक्रिया दिएको छैन । तर स्थितिमाथि नियन्त्रण गर्नको लागि प्रहरी बल पठाइएको उसले बताएको छ ।  दुई दलसँग सम्बद्ध सुत्रले बताएअनुसार झडप उक्त क्षेत्रबाट पार्टी झण्डा हटाउने विषयमा विवाद भएपछि भएको थियो । 

भाजपाका प्रदेश इकाईका महासचिव सयान्तन बोसले बताएअनुसार उनको पार्टीका तीन कार्यकर्ता– सुकान्त मण्डल, प्रदीप मण्डल र शंकर मण्डलले त्रिमुल कँग्रेसका समर्थकले पार्टीको झण्डा फाल्न खोज्दा रोकेको र त्यही कारण गोली हानिएको बताए । 

बोसले भने, ‘हामी प्राप्त भएको जानकारीअनुसार थप दुई मानिस मारिएका छन् तर हामीलाई तिनको शव प्राप्त भएको छैन । उनले हाम्रो पार्टीको झण्डा फ्याक्न कोशिश गरे र त्यसको प्रतिरोध गर्ने प्रयास गरेका हाम्रो कार्यकर्तालाई गोली हानियो । ’

भाजपाका वरिष्ठ नेता मुकुल रोयले पार्टीले केन्द्रीय गृहमन्त्री अमित शाहलाई घटनाको जानकारी दिने बताए । राज्यमा त्रिमुल कँग्रेसको सरकार रहेकाले उसबाट न्याय नपाउने भन्दै उनले केन्द्र सरकारलाई आह्वान गर्ने बताए । 

उता, त्रिमुल कँग्रेसले उसको पनि एकजना कार्यकर्ता मरेको बताएको छ ।  त्रिमुल पार्टीका जिल्ला अध्यक्ष तथा राज्यका मन्त्री मुलिकले बताएअनुसार भाजपा कार्यकर्ताले उनको पार्टी समर्थक कयूम मुल्ला हत्या गरिदिए । 

घटना भएको इलाका बशीरहट लोकसभा क्षेत्र अन्तर्गत पर्छ । यो सीट त त्रिमुल कँग्रेसले जितेको थियो । तर घटना घटेको गाउँमा भने भाजपाले त्रिमुल कँग्रेसले भन्दा बढी मत प्राप्त गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप