शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कट्रिना कैफले दिइन् दीपिका पादुकोणलाई टक्कर, बनाइन् यो रेकर्ड

सोमबार, २७ जेठ २०७६, ११ : ०३
सोमबार, २७ जेठ २०७६

कट्रिना कैफको फिल्म भारतले बक्स अफिसमा चार दिनभित्र १ सय २२ करोडभन्दा बढी कलेक्सन गरेको छ । भारतले सय करोड क्लबमा समावेश हुनका लागि कट्रिना कैफले दीपिका पादुकोणको रेकर्डको बराबरी गरेकी छिन् ।

भारत कट्रिना कैफको सातौं सय करोड क्लबको फिल्म हो । यसअघि कट्रिनाको फिल्म – एक था टाइगर, जब तक हे जान, धुम थ्री, ब्याङ्ग ब्याङ्ग, टाइगर जिन्दा हे, ठग्स अफ हिन्दोस्तान सय करोड क्लबमा समावेश भइसकेको छ । यीमध्ये ठग्स अफ हिन्दोस्तान छोडेर सबै फिल्म हिट रहे ।

दीपिका पादुकोणको रेकर्डको कुरा गर्ने हो भने उनका अन्य फिल्म पद्मावत, चेन्नई एक्सप्रेस, रेस टु, ए जवानी हे दिवानी, बाजिराव मस्तानी, रामलीला र ह्याप्पी न्यू इयरले सय करोडभन्दा बढी कमाई गरिसकेको छ । यीमध्ये सबै फिल्म हिट रहे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप