शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छोटो कपडामा नाचिरहेको देखिइन् सुहानाः भनियो, ‘शाहरुखले छोरीलाई राम्रो संस्कार दिएनन्’

सोमबार, २७ जेठ २०७६, १० : ०९
सोमबार, २७ जेठ २०७६

बलिउडका बादशाह भनिने शाहरुख खानकी  छोरी सुहाना खान बी टाउनको चर्चित स्टार किड् मध्येका एक हुन् । उनको फोटो र भिडियो आउने बित्तिकै चर्चाको विषय बन्ने गर्छ । केही दिन अघि एक विवाहको क्रममा सुहानालाई पारम्परिक पहिरनमा देखिएको थियो भने हालै पार्टीमा डान्स गरिरहेको भिडियो अहिले चर्चाको विषय बनेको छ । सुहाना यसमा निकै स्टाइलिश देखिएपनि सोसल मिडिया प्रयोगकर्ताले सुहानालाई ट्रोल गर्न सुरु गरे ।

भिडियोमा सुहानालाई वन–शोल्डर सिल्भर सर्ट मेटालिक ड्रेसमा नाचिरहेको देख्न सकिन्छ । यसमा सानो थाई–हाई स्लिट दिइएको छ । स्मोकी आइजसँग सुहानाको यो लुक निकै ग्ल्यामरस देखिएको छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

She got the moves...groovin to #willsmith #suhanakhan #viralbhayani @viralbhayani

A post shared by Viral Bhayani (@viralbhayani) on

बलिउडमा इन्ट्रि गर्नु अघि नै सुहानाको स्टाइललाई कुनै डिभाको रुपमा लिइन्छ । केही प्रयोगकर्तालाई सुहानाको यो लुक निकै ट्रेन्डी लागिरहेको छ भने कतिले उनको अत्यधिक आलोचना पनि गरेका छन् । एक प्रयोगकर्ताले उनको पहिरनमा कमेन्ट गर्दै उनले सधैं अश्लील कपडा नै लगाउने आरोप लगाए । यस्तै, अर्काले शाहरुखले छोरीलाई राम्रो संस्कार नदिएको पनि भन्न भ्याए ।

यद्यपि, कति प्रयोगकर्ता सुहानाको समर्थनमा पनि आए । एक प्रयोगकर्ताले लेखेका छन्, ‘सुहाना एक १८ वर्षकी युवती हुन् जो मस्ती गरिरहेकी छिन् । उनी शाहरुखकी छोरी हुन्, त्यसैले मानिसहरु कुरा गरिरहेका छन् ।’

स्मरण रहोस्, सुहाना अभिनयमा प्रवेश गर्न आतुर छिन् तर शाहरुख छोरीले पढाई पूरा गरोस् भन्ने चाहन्छन् । सुहानाकी मिल्ने साथी अनन्या पाण्डेले हालै बलिउडमा डेब्यू गरिसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप