शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानको ‘किक टु’ को निर्देशन गर्नेछन् रोहित शेट्टी ?

सोमबार, २७ जेठ २०७६, ०९ : १९
सोमबार, २७ जेठ २०७६

बलिउड निर्देशक रोहित शेट्टी र सलमान खान कुनै फिल्ममा काम गर्ने खबर केही समय अघि सार्वजनिक भएको थियो । भारतको प्रोमोशनको क्रममा सलमानले रोहितसँग एउटा प्रोजेक्टमा कुरा भइरहेको बताउँदै सबै कुरा मिले चाँडै नै यसबारे मिडियालाई जानकारी दिने बताएका थिए ।

भारतीय मिडियाले केही स्रोतलाई हवाला दिँदै लगभग १ वर्षसम्म ‘किक टु’ को स्क्रिप्टमा काम गरेपछि निर्माता साजिद नाडियाडवालाले यसलाई फाइनल गरेको जानकारी दिएको  छ । उक्त फिल्ममा एक पटक पुनः सलमान खान र ज्याकलिन फर्नान्डिसको जोडी हुने बताइएको छ भने फिल्मको निर्देशनका लागि रोहित शेट्टीलाई अप्रोच गरिएको छ ।

रिपोर्टमा यो पनि भनिएको छ कि रोहित आफैंसँग पनि फिल्मको स्क्रिप्ट छ जसमा उनी सलमानको अभिनय चाहन्छन् । यदि किक टु निर्देशनमा सहमती बन्न नसकेको अवस्थामा कुनै अन्य फिल्ममा पनि यी दुई काम गर्न सक्ने सम्भावना देखिएको भारतीय मिडियाले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप