बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार तपाईंको राशिफलले के भन्छ ?

सोमबार, २७ जेठ २०७६, ०५ : ५९
सोमबार, २७ जेठ २०७६

वि.सं.२०७६ साल ज्येष्ठ २७ गते । सोमबार । ईश्वी सन् २०१९ जुन १० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि अष्टमी,४६ घडी ५९ पला,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त नवमी । नक्षत्र पूर्वाफाल्गुनी,५७ घडी ५७ पला,बेलुकी ०४ बजेर २० मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग बज्र,२१ घडी ४८ पला,दिउसो  ०१ बजेर ५२ मिनेट उप्रान्त सिद्धि । करण भद्रा,दिउसो ०१ बजेर १० मिनेट उप्रान्त बव,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त वालव । आनन्दादिमा ध्वज योग । चन्द्रराशि सिंह,बेलुकी ०९ बजेर ५६ मिनेट उप्रान्त कन्या । अष्टमी व्रत। गोरखकाली पूजा। वायु अष्टमी।  

काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३४ घडी ३० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नया नया काम गर्ने जोस जागर बढेर आउनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेतथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पति लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानी  फस्टाएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा बिवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ । न्यालयबाट हुनेन्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउँनेछन् भने बिवादलाई हल गर्दै अगाडि बढ्न सकिनेछ । व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उलिब्धिमुलक नै रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुनेयोग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनी  गर्दा भबिश्यमा मनग्गे धन लाभ लिन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । अरुलाई दिएको आश्वासन पूरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला । अनाबश्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । शारिरिक कष्ट तथा आँखमा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै सघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपार्ईँदेखि टाडिन सक्छन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसाय अन्य दिन भन्दा खस्केर जानेछ भने भनेजस्तो आम्दानीनहुँदा दैनिकि प्रभावित हुनेछ । सरकारि स्रोत साधन तथा प्राकृतिक स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिने सम्भावन रहेकोछ । माया प्रेममा  अबिस्वास बढ्नेछ भने घर परिवारमा आफन्तबिच घरायसि कुरामा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाशैलि प्रयोग गरेर गरिने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानीहुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिष्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । पढाइ  लेखाइ मा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । पैत्रिक धन सम्पतिको प्रयोग गरि आम्दानीकास्रोत बढाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएरु महत्वपूर्र्ण काम दिन सकिनेछ । पढाइ  लेखाइ मा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुनेसमय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानी र थोरै समय दिएपनि मनग्गे नाफा कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नसोचेका ठाउँमा रुपैया पैसा खर्च हुने सम्भावना रहेको हुनालेआर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउन दिनभर जसो समय दिनुपर्नेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लागनि भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला उपाचार खर्च बढ्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मेहनेतले प्रशस्त लाभ लिन सकिनेछ । बादबिवाद तथा प्रतिश्पर्धामा तपार्ईँकै जित हुने तथा सत्रु परास्त हुनेछन् । न्यायलयबाट हुनेन्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानी बाट राम्रै प्रतिफल पाइने योग रहेकोछ ।  

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप