शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पल्सर स्पोर्टस् अवार्डलाई गोल्डस्टारको मुख्य सह–प्रायोजन

आइतबार, २६ जेठ २०७६, १९ : ०६
आइतबार, २६ जेठ २०७६

काठमाडौं– एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई मुख्य सह–प्रायोजन नेपाली चर्चित ब्रान्ड गोल्डस्टार जुत्ताले गरेको छ । आईतबार एक कार्यक्रमकाबीच आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र गोल्डस्टार जुत्ता उत्पादन कम्पनी किरण सु म्यानुफ्याक्चररबीच मुख्य सह–प्रायोजन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्रायोजक कम्पनीको निर्देशक, मार्केटिङ तथा ब्रान्डिङ विदुषी राणाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

मुख्य सह–प्रायोजकको रुपमा गोल्डस्टारले अवार्ड कार्यक्रमलाई ११ लाख रुपैयाँ बराबरको प्रायोजन सहयोग गरेको छ । सहमतिअनुसार किरण सु म्यानुफ्याक्चररले अवार्डका लागि नगद ८ लाख रुपैयाँ र बाँकी आफ्नो उत्पादन सामाग्री उपलब्ध गराउनेछ । सम्झौताको अवधि एक बर्षको रहनेछ । मञ्चले गोल्ड स्टारलाई अवार्ड कार्यक्रममा ‘पावर्ड बाइ’ को स्थान दिनेछ ।

सम्झौता कार्यक्रममा बोल्दै गोल्डस्टार उत्पादन कम्पनीकी निर्देशक राणाले खेलकुदका लागि बनेको गोल्डस्टार र खेलाडीको प्रोत्साहनका लागि भइरहेको अवार्ड कार्यक्रम जोडिनु स्वभाविक भएको बताइन् । नेपालको नम्बर एक गोल्डस्टार देशकै नम्बर एक अवार्ड कार्यक्रमसँग जोडिदाँ सबैमा उर्जा र प्रेरणा भर्ने उनको भनाई थियो ।

मञ्चका अध्यक्ष सुवेदीले नेपालको परिचित ब्रान्ड गोल्डस्टार अवार्ड कार्यक्रममा जोडिनु खुसीको बिषय भए बताए । अवार्ड कार्यक्रम यसबर्ष असार १७ गते हुँदैछ  । अवार्डको महत्वपूर्ण विधाको रुपमा रहेको पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ ।

अन्य विधा अन्तर्गत बर्षका उत्कृष्ट पुरुष, महिला र प्रशिक्षकको मनोनयन छिट्टै सार्वजजनिक गरिने बताइएको छ । लाईफटाईम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल र टिम अफ दी इयर अवार्ड कार्यक्रमकै दिन घोषणा गरिनेछ । यस बर्ष विभिन्न ९ विधा सहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप