मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर दिने

आइतबार, २६ जेठ २०७६, १९ : ०१
आइतबार, २६ जेठ २०७६

काठमाडौं– प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर दिने निर्णय गर्दै एघारौें बार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

बैंकको साधारण सभाले बैंकको संचालक समितिमा सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ । यसैगरी, साधारण शेयर धनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठ लाई निर्विरोध निर्वाचित गरेको छ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैंक प्रतिवद्ध रहेको बताएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप