डिएभी कलेजद्वारा वृहत विज्ञान प्रदर्शनी
ललितपुर– डि.ए.भी. कलेजको आयोजनामा १ दिने वृहत विज्ञान प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ । एसईई सम्पन्न गरेका १० हजारभन्दा बढि विद्यार्थीहरुको उत्साहपूर्वक सहभागिता रहेको सो कार्यक्रम डि.ए.भी. कलेजका अध्यक्ष अनिल केडियाले उद्घाटन गरे ।
डि.ए.भी. कलेजको विज्ञान तथा प्रविधि क्लबको अग्रसरतामा सम्पन्न उक्त प्रदर्शनी डि.ए.भी. कलेजका विज्ञान संकायका विद्यार्थीहरुद्वारा निर्मित विभिन्न स्मार्ट होम, ड्रोन, ग्लाइडर साथै कृषि सँग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरिएको थियो ।
मौसम प्रतिकुलताका बाबजुत पनि विज्ञान तथा प्रविधिसँग अभिरुची राख्ने विद्यार्थीहरु तथा अभिभावकहरुको हर्षोल्लासमय उपस्थिती रहेको प्रदर्शनी स्थलमा १८ वटा विज्ञान तथा प्रविधिसँग सम्बन्धित स्टलहरु र फुड स्टल रहेका थिए ।
सो प्रदर्शनी विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो । आशा गरेको भन्दा अत्यन्तै धेरै उपस्थिति देखेर डि.ए.भी. कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतले आगामी वर्षहरुमा अझ नयाँ उपकरणहरुको थप प्रदर्शनी र विद्यार्थीको सृजनशिलतालाई अझै प्रोत्साहन गर्ने कुरा जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न