बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्युजिल्यान्डको तेस्रो जित

आइतबार, २६ जेठ २०७६, ०८ : ५३
आइतबार, २६ जेठ २०७६

न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । शनिबार राति भएको खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई ७ विकेटले हरायो ।

एक सय ७३ रनको विजयी लक्ष्य न्युजिल्यान्डले ३२.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ७९ रन बनाए । रोस टेलरले ४८, कोलिन मुन्रोले २२ र टम लाथमले अविजित १३ रन जोडे । अफ्गानिस्तानका लागि अफ्तव आलमले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४१.१ ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन बनाएको थियो । अफगानिस्तानका लागि हास्मतउल्लाह साहिदीले सर्वा्धिक ५९ रनको अर्धशतकीय पाली खेले । हज्रतउल्लाह जजाईले ३४र नुर अली जड्रानले ३१ रन बनाए ।

 न्युजिल्याण्डका जेम्स निशमले पाँच विकेट लिए । लोकी फेर्गुसनले चार विकेट लिए ।  तेस्रो जितसँगै न्युजिल्याण्डले ६ अंक बनाएको छ । तीनवर्ट खेलमा हार बेहोरेको अफगानिस्तानले खाता खोल्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप