बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य : कमल थापा

शनिबार, २५ जेठ २०७६, २० : ४८
शनिबार, २५ जेठ २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्मलाई मासेर विदेशी धर्म भित्र्याउनु कुनै विकास नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि दोस्रो चरणको मेची–महाकाली राष्ट्रिय स्वाभिमानको यात्राका क्रममा आज बागलुङमा आएका थापाले ९४ प्रतिशत ओमकार परिवार भएको देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य भएको बताए । 

पूर्वगृहमन्त्रीसमेत रहेका  थापाले जनताले ठूलो राजनीतिक परिर्वतन गराए पनि जनताको जीवन परिवर्तनको अनुभव गर्न नपाएको बताए । देशमा अहिले सतहमा शान्ति भए पनि वास्तवमा शान्ति नआएको बताउँदै थापाले भने, “अहिलेको अवस्थामा धनी र गरीबको बीचमा झनै दूरी बढ्यो ।”

पैसाको लोभमा विदेशी धर्म भित्र्याएर समृद्ध नेपाल नबन्ने भन्दै अध्यक्ष थापाले स्वाभिमानपूर्वक बाँच्नका लागि हिन्दूराष्ट्रको विकल्प नरहेको दाबी गरे । थापाले देशमा सनातन धर्मलाई मास्ने काम शुरु भएको भन्दै यसलाई खबरदारी गर्नका लागि मेची–महाकाली दोस्रो चरणको अभियान ल्याएको जानकारी गराएका थिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप