बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रियलले बेललाई बेच्न चाहे युनाइटेडले किन्छ : मोरिन्हो

मङ्गलबार, २४ साउन २०७४, १० : ३७
मङ्गलबार, २४ साउन २०७४

म्यान्चेस्टर । यदी रियल म्याड्रिडले वेल्सका स्टार गेराथ बेललाई बेच्न चाहे युनाइटेडले उनलाई किन्ने प्रशिक्षक जोसे मोरिन्होले बताएका छन् ।

युनाइटेडले मंगलबार युइएफए सुपरकपमा रियलको सामना गर्दैछ । यही बीचमा रियलमा बेलको भविष्यबारे धेरै अड्कलबाजीहरु भइरहेका छन् ।

स्पेनिस पत्रिका डन बालोनका अनुसार रियलले 
मोनाकोका युवा सेनसेशन काइलियान एमबापेलाई भित्र्याउन कुनै खेलाडीलाई बेच्न चाहे बेल ओल्ड ट्राफोड जान तयार रहेका छन् ।

मोरिन्होले खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै यो कुरा अहिले आफूलाई सम्भव नभएको लागे पनि आफ्नो आँखा मेसेडोनियाको राजधानीमा हुने खेलमा रियलको टिमसीटमा हुने बताए ।

‘यदी उनी भोलिको खेलमा खेल्नेछन् भने म बेललाई अनुबन्ध गर्ने सोच्दिन किनभने उनी अझै पनि प्रशिक्षक र क्लबको योजनाभित्र नै रहेका छन् र उनी पनि रियलमा रहने छन्,’ मोरिन्होले भने ।

‘यदी उनी क्लबको योजनामा छैनन् र नयाँ खेलाडीले उनलाई विस्थापित गर्नेछन् भने म उनलाई अर्को तर्फ पर्खेर बसिरहेको हुनेछु,’ उनको भनाई थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप