शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीमा किशोरमाथि एसिड प्रहार

शनिबार, २५ जेठ २०७६, १२ : २७
शनिबार, २५ जेठ २०७६

बर्दिवास–महोत्तरीको  बर्दिवासमा एक किशोर एसिड प्रहारबाट गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा–२ का १५ बर्षीय किशोर सुरज मुखिया रहेका छन् । 

शुक्रबार राति १० बजेतिर बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले अनुहारमा छ्यापेको एसिडले सुरज  गम्भीर घाइते भएका हुन् । अहिले उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

मुखिया बर्दिवासचोकमै कवाडीको काम गर्दै आएका व्यक्ति हुन् ।  मुखियालाइ शुक्रबार बर्दिबास चोक नजिकको साघुँरो गल्लीमा अपरिचित व्यक्तिले एसिड छर्केर भागेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप