कविता : जीवन धन्य बनोस्
शनिबार, २५ जेठ २०७६, ११ : ३५
-सुवास चौलागाईं
सज्जन हितकारीको ठाउँ
शरण अब काहाँ पाऊँ
अब म कहाँ जाऊँ ?
जति जति जन्म भए पनि
जहाँ जहाँ जन्म भए पनि
अब म कता जाऊँ ?
दिन दिन निर्मल बन्दै
प्रतिदिन पावन बन्दै
अब म के गरूँ ?
गुण अनुरोक तिमी हौँ
लीलामय रस बिग्रह तिमी हौ
करुणा मूर्तिहरु तिमी हौ
अब म को हुँ ?
त्यो भव किनार तरूँ
जीवनमा धन्य बनूँ
जीवन धन्य बनोस् प्रभु
चरण शरण अब पाऊँ
अब म मोक्ष्य खोज्न काहा आऊँ ?