शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद अभिषेक प्रताप शाहको जीवन : जे बोल्छु त्यो गरेर देखाउँछु

शनिबार, २५ जेठ २०७६, ०९ : ४५
शनिबार, २५ जेठ २०७६

नेपाली काँग्रेसका युवा नेता एवम् सांसद हुन् अभिषेक प्रताप शाह । कपिलवस्तुको ३ नम्बर  क्षेत्रबाट लगातार तीनपटक प्रतिनिधिसभामा निर्वाचित उनी आफ्नो जिल्लामा लोकप्रिय छन् । 

पारिवारिक माहोलले राजनीतिमा लागेका उनका  बाजे र बुबा पनि राजनीतिमा सक्रिय थिए । उनका बुबा मन्त्री र सांसद भइसकेका छन् । 

भारतको सीमानासँगै जोडिएको कृष्णानगर नगरपालिकामा शाहको घर छ । आफ्नो क्षेत्रको विकासमा उनले विशेष ध्यान दिने गरेका छन् । 

भारतको सिमाना भारतीय पक्षबाट कुनै समस्या पर्ने वित्तिकै नेपालीहरूले शाहलाई नै गुहार्ने छन् यिनै सांसद अभिषेक प्रताप शाहसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

म शुद्ध साकाहारी 
म शुद्ध साकाहारी हुँ । मनपर्ने खाना दाल, भात तरकारी र अचार नै हो । त्यसमा रोटी अनिवार्य चाहिन्छ । मन नपर्ने माछामासु र हाई क्यालोरी डाइट भएका खाने कुरा हुन् ।

साथीहरुसँग, परिवारसँग कहिलेकाहीँ रेस्टुरेन्ट पनि जाने गरेको छु । त्यो पनि रेगुलर होइन । साता वा पन्ध्र दिनमा एक पटक । रेस्टुरेन्टमा ममलाई मनपर्ने खाना भनेको मम, पिज्जा हुन् । पकाउन सबैथोक आउँछ । विवाह अगाडि सधैँ आफै पकाएर खान्थेँ । विवाहपछि पकाउनुपरेको छैन । कहिले काहीँ श्रीमतीसँग मिलेर भने पकाउँछु । 
 
म ब्रान्ड कन्सेस छु 
तराईमा रहँदा गर्मी धेरै हुने भएकाले कुर्ता र पाइजामा लगाउँछु । काठमाडौँ व्यमवसायिक ठाउँ हो । यो ठाउँमा सर्ट, पाइन्ट र कोट लगाउन मनपर्छ । विशेष अवसरमा राजपुत पोसाक पनि लगाउँछु । कालो, खैरो र औपचारिक कलर नै मनपर्छ ।

शिरमा ढाका टोपी लगाउन मनपर्छ । विदेश जाने बेलामा अनिवार्य रूपमा ढाकाको टोपी लैजाने गरेको छु । नेपालमा पनि कहिलेकाहीँ विदेशीसँग भेट्नुपर्यो भने ढाकाको टोपी लगाउँछु । टोपी बुबालाई पनि धेरै मन पथ्र्यो । उहाँले लगाउने टोपी अहिले पनि सम्हालेर राखेको छु । 

म पोसाक सिलाएर पनि लगाउँछु । रेडिमेड पनि किन्छु । अनिवार्य पर्यो भने रेडिमेट लिन्छु । समय भए सिलाएर लगाउँछु । सर्टमा म ब्रान्ड कन्सेस छु । राम्रो ब्रान्डको लगाउँछु । अन्य पहिरनमा ब्रान्डभन्दा पनि मनपरेको किन्छु । पहिरनमा मेरो वार्षिक २० हजारभन्दा बढी खर्च छ ।

घरमै ट्रेडमिल, डम्बेल 
दैनिक नियमित आधा घन्टा योगा गर्छु । सूर्य नमस्कार, कपालभाँती र मर्निङ वाकसमेत गर्ने गरेको छु । घरमा फिटनेसका लागि ट्रेडमिल, डम्बेलहरु छन् । त्यसमा समेत एक्सरसाइज गर्छु ।

यो पढ्छै छु 
अहिले हाइटेक जमाना हो । यो समय किताबमा भन्दा पनि इन्टरनेटमा बढी अध्ययन गर्ने गरिन्छ । मेरो अध्ययनको विषय अर्थशास्त्र हो । म अर्थसम्बन्धी किताबहरु पढ्छु । अहिले पार्टीले समाजवादी चिन्तन अगाडि सारेको छ । म भर्खर भारतबाट फर्किएको हो । भारतबाट मैले त्यहाँको समाजवादीहरु, त्यहाँका लोहिया, जेपीनारायण लगायतका किताब किनेर ल्याएको छु । यो पढ्दै छु ।

२० जिल्ला घुमे
मेरो घुमफिर लेजर समय लागि हुँदैन । पारिवारिक विवाहलगायतका काम पर्यो भने गर्ने हो । नत्र म घुम्ने व्यक्ति होइन । अहिलेसम्म देशके २० जिल्ला घुमेको छु ।

विदेशमा भने अमेरिका, साउथ अफ्रिका, बेलायत, चाइना लगायत पुगेँ । भारतमा त आफन्त पनि छन् । जाने आउने क्रम बेलाबेला भइरहन्छ ।
  
फुर्सद हुँदैन
काठमाडौँ र जिल्ला जहाँ रहे पनि फुर्सद हुँदैन । जिल्लामा स्थानीयहरुको कुरा सुन्नुपर्यो, उनीहरुको काम गर्नुपर्यो । काठमाडाँैमा राज्यको काम, संसद्मा पनि समय दिनुपर्यो । मेरा छोरीहरु बुबासँग समय हुँदैन, हामीलाई समय दिनुहुन्न भनेर रिसाउँछन् ।
कहिलेकाहीँ फुर्सद निकालेर परिवारलाई समय दिने गरेको छु । फुर्सद भएसम्म घरको काम पनि सघाउँछु ।  

क्रिकेट खेल्थेँ
खेलकुदमा इन्ट्रेस्ट छ । पहिले स्कुल पढ्दा बास्केटबल पढ्थेँ । टिमलाई जिताउँथे । क्रिकेट पनि धेरै खेल्थे । क्रिकेटमा मेरो ब्याटिङ, बलिङ दुवै राम्रो थियो । जिल्लाभरिको राम्रो खेलाडी म थिए । अहिले मिलेको समय कहिले काही टीभीमा खेल हेर्ने गरेको छु । त्यो पनि चर्चा भएका र हुने खालका खेलहरु हेर्छु ।
 
दुईवटा मोबाइल बोक्छु
अहिले म दुईवटा मोबाइल बोक्छु । एउटामा ब्याट्री डाउन भयो भने अर्काे काम लाग्छ भनेर । एउटामा काठमाडौँको नम्बर राखेको छु भने अर्काे जिल्लाको सिम छ । ४ वर्ष अगाडि मोबाइल फेरेको थिएँ । अहिले पनि त्यही चलाउँदैछु । नबिग्रिएसम्म फेर्दिनँ ।

सपिङ गर्न, फेसबुक, भाइबर, ट्विटरलगायत चलाउन र अनलाइन समाचार पढ्न, इमेल हेर्न मोबाइल प्रयोग हुँदै आएको छ । 

वेगा ब्रान्डको टीभी छ
बिहान र बेलुकी दुई पटक टीभी हेर्छु । टीभीमा बढी हेर्ने समाचार हो । समाचारमा पनि अन्तर्राष्ट्रिय समाचार हेर्छु । यसका लागि अलजजिरा, बीबीसी, सीएनएन हेर्छु । योबाट  विश्वमा के भइरहेको थाहा हुन्छ । अनि नेपालको खबर हेर्छु । भारतको पनि हेर्छु । अन्य कार्यक्रम कहिलेकाहीँ हेर्ने हो । मेरो घरमा ४३ इन्चको वेगा ब्रान्डको टीभी छ । त्यो पनि बच्चाहरुको कारणले भर्खर ल्याएको हो ।

मेरो चलचित्र
चलचित्र हेर्छु । नेपाली, हिन्दी सबै प्रकारको हेर्छु । तर नेपाली थोरै हेर्ने गरेको छु । सेलेक्टेड, साथीले बनाएको छ भने हेर्छु । धेरैजसो भारतीय, अङ्ग्रेजी  चलचित्र हेर्ने गरेको छु । युद्ध, राजनीतिक विषयवस्तु भएको र सिरिएस टाइपका चलचित्र मात्र मलाई मनपर्छ । अन्य रङ्गीचङ्गी मनपर्दैन । पछिल्लो समय हेरेको चलचित्र हिन्दी ‘उरी’ हो । रियल घटनामा बनेको फिल्म हेर्न रुचि लाग्छ ।

कोलेस्ट्रोल छ
मलाई कोलेस्ट्रोल देखिएको छ । अन्य रोग केही छैन । यसको समस्या भएको ४ वर्ष भयो । यसका लागि औषधि नियमित खाने गरेको छु ।

एग्रिसिप भाषण
ठाउँ, परिस्थिति र वातावरणअनुसारको भाषणशैली मनपर्छ । बौद्धिक वर्ग भएको समयमा उनीहरुको बौद्धिकताअनुसार भाषण गर्नुपर्छ । दैनिक समस्यामाा अल्झिएको पब्लिक भएको ठाउँमा उनीहरुको समस्यामा टेकेर रियालटी बेसमा भाषणा गर्नुपर्छ । अहिलेसम्म मैले पावर एक्सरसाइज गर्न पाएको छैन । त्यसैले मेरो भाषण प्रायः एग्रिसिप नै हुन्छ । 

काँचको वाइन मनपर्छ
सधैँ मापसे गर्दिनँ । कहिलेकाहीँ रेड वाइन लिने गरेको छु । कार्यक्रम, पाटीलगायतमा सहभागी हुँदा पिउनुपर्ने हुन्छ । काँचको वाइन मनपर्छ । घरमा राख्ने गरेको छैन ।

कलेज जीवनमा गाउँथे 
गीतसङ्गीत मनपर्छ । कहिलेकाहीँ पुराना गीतहरु पनि सुन्छु । बजारमा भित्रिएका नयाँ गीतहरु पनि मनपर्छ । मनपर्ने गायक गायिका भारतीय अरिचित सिंह, उदितनारायण झा हुन् । मैले गीत पनि गाएको छु । कलेज जीवनमा, स्कुले जीवनमा गाउँथे । त्यसपछि गाउने वातावरण नै भएन । 

भूल धेरै होलान्
जीवनमा भूल धेरै भएका होलान् । भूल हरेक मानिसले गर्छ । भूलबाट सिक्ने हो । बुबालाई किड्नी समस्या थियो । दुवै किड्नी फेल भएको थियो । त्यतिबेला डाक्टरले मलाई बुबालाई किड्नी दिन सल्लाह पनि दिएन । मैले पनि त्यसतर्फ सोच्न सकिनँ । सोच्न सकेको भए वा कसैले मलाई सुझाएको भए आफ्नो किड्नी बुबालाई दिएर बचाउँथे ।
बुबालाई किड्नी दिन नपाएको पछुतो अहिले पनि हुन्छ । एउटा किड्नी दिएर बुबालाई बचाउन पाएको भए गर्व महशुस हुन्थ्यो होला । बुबा पनि सँगै हुनुहुन्थ्यो होला । 

मेरो राशि दुईवटा
मेरो राशि मेष र तुला हो । एउटा हिन्दु र्धमअनुसार अक्षरले ले जुरेको छ । अर्काे जन्म समयअनुसार छ । अङ्ग्रेजी क्यालेन्डरको हिसाबले तुला हेर्छु । स्कुल अध्ययन गर्दा हिमालयन टाइम्स भर्खर भर्खर निस्किएको थियो । त्यसमा राशि आउँथ्यो । सधँै हेर्थें । ग्रहदशा हेराउने, जुराउने गर्दिनँ । म कर्ममाथि विश्वास गर्छु । राशि र भाग्यमा होइन । 

एउटै क्षेत्रबाट ३ पटक जितें
मेरो पारिवारिक पृष्टभूमि नै राजनीतिक छ । बुबा, बाजे सबै राजनीतिमा थिए । मेरो हजुरबुबा शिवप्रताव शाह नेपाली काँग्रेसको संस्थापक सदस्य हुनुहुन्थ्यो । उहाँ २०१५ सालमा अर्थराज्य मन्त्री पनि हुनुभएको थियो । सुवर्ण शमशेरले उहाँलाई धेरै माया गर्नुहुन्थ्यो । बुबा अजय प्रताप शाहको पनि राजनीतिप्रति झुकाव थियो । उहाँले  एक चुनावमा काँग्रेसबाट टिकट माग्नुभएको थियो रे । तर टिकट दिएनछन्  । त्यसपछि उहाँ राप्रपाबाट उठ्नुभएछ । जित्नु पनि भएछ ।

मेरो राजनीतिको सुरुवात बुबाको मृत्युपछि  भयो । त्यतिबेला परिवारको कसैले त राजनीति गर्नुपर्छ भन्ने परिवारका सबै सदस्यबाट आयो । परिवारका सबैले अभिषेकलाई रुचि छ । उसलाई नै अगाडि सार्नुपर्छ भनेर मतिर सपोर्ट गरे ।

त्यसैले २०६४ मा कपिलवस्तुको ३ नम्बर क्षेत्रबाट फोरको प्रतिनिधित्व गर्दै चुनाव उठे । ०७० मा पनि फोरमबाटै जिते । ०७४ मा काँग्रेस प्रवेश गरेर फेरि त्यही क्षेत्रबाट उठे । जिते पनि । अहिले त दुई पार्टी मिलेर पनि मलाई हराउन सकेन् । म जे बोल्छु । त्यो गरेर देखाउँछु । मेरो क्षेत्रका जनतालाई मेरो पूर्ण विश्वास गर्छन् ।

काँगे्रसमा अहिले मलाई मनपर्ने माहोल छ । मलाई सुरुदेखि नै नेपाली काँग्रेसबाट राजनीति गर्ने इच्छा थियो । अहिले अवसर पाएँ । 

सर्वाेच्च निकायमा
जो व्यक्तिले सांसदको राजनीति गर्छ । उसको सपना देशको नेतृत्व गर्ने मौका मिलोस् भन्ने हुन्छ । देशको सर्वाेच्च निकायमा पुग्ने, प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रपति हुने इच्छा रहन्छ । म धार्मिक व्यक्ति हो । इन्टेन्सन राम्रो छ भने समाजले त्यहाँ पुर्याउँछ भन्ने मेरो मान्यता छ । सरकारको अहिले जुन क्रियाकलाप छ । त्यसबाट सोही पार्टीका बाहेक कोही सन्तुष्ट हुन सकेका छैनन् ।

मेरो मृत्यु 
जन्मेपछि मर्नुपर्छ, यो सत्य हो । मेरो चाहना मृत्यु एक्कासि आओस् भन्ने हो । कसैलाई पीडा नदिई मर्न पाऊँ भन्ने छ । दुःख पाएर, अरूले सेवा गरेको मनपर्दैन । बुबाको नाममा ट्रस्ट खोलेको छु । जिल्लामा एम्बुलेन्सको पनि व्यवस्था मिलाएको छु । अब एउटा स्कुल र एउटा अस्पताल बनाउने मेरो योजना छन् । यी कामले पनि म मृत्युपछि सधैँ बाँचिरहन सक्छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप