बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चौँथो टेस्टमा दक्षिण अफ्रिकालाई पराजित गर्दै इंग्ल्याण्डलाई टेस्ट श्रृंखला

मङ्गलबार, २४ साउन २०७४, ०९ : ५४
मङ्गलबार, २४ साउन २०७४

म्यान्चेस्टर । मोइन अलीले पाँच विकेट लिएपछि इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई चौँथो टेस्टमा १ सय ७७ रन पराजित गर्दै टेस्ट श्रृंखलामाथि ३–१ ले कब्जा जमाएको छ ।

प्लेयर अफ द म्याच घोषित अलीले दोस्रो पारीमा महत्वपूर्ण ७५ रनको योगदानसमेत दिएका थिए । उनले खेलमा कूल ७ विकेट लिन सफल रहे ।

ओल्ड ट्राफोडमा भएको खेलमा असम्भवजस्तै रहेको ३ सय ८० रनको लक्ष्य पछ्याइ रहेको पोर्टियाज २ सय २ रनमा अलआउट हुन पुग्यो । जेम्स एन्डरसनले १६ रन खर्चदै ३ विकेट लिए । 

इंग्ल्याण्डको जीतमा मात्र हसिम अमलामात्र तगारोको रुपमा उभिँदै  ८३ रन बनाए । दक्षिण अफ्रिकाले अन्तिम ७ विकेट मात्र ३९ रनमा गुमायो ।
इंग्ल्याण्डले घरेलु भूमिमा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट श्रृंखला जितेको सन् १९९८ पछि पहिलो पटक हो ।

योसँगै इंग्ल्याण्डले तीनवटा टेस्ट सिरिजमा विजयहिन यात्रा अन्त्य गरेको छ । जो रुटले कप्तानको रुपमा  जितेको यो पहिलो श्रृंखला हो ।

जीतपछि इंग्ल्याण्ड अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वरियतामा तेस्रो स्थानमा उक्लेको छ ।

अब इंग्ल्याण्डले १७ अगस्तदेखि वेस्ट इन्डिजविरुद्ध ३ खेलको टेस्ट सिरिज खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप