सुदूरपश्चिम प्रदेश ः सरकारको नीति तथा कार्यक्रम पारित
कञ्चनपुर- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रदेशसभाको बैठकले आगामी आवको सो नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।
यही जेठ १९ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै आजको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले छफलमा उठेका उपयुक्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्रीले प्रदेश सरकारलाई केही संयन्त्र सभावमा काम गर्न असहज हुँदाहुँदै पनि जनतालाई राहत हुने काम गरेको उल्लेख गरे । प्रतिपक्षले मुख्यमन्त्री कपलाई व्यवस्थित गराउन दर्ता गराएको संसोधन प्रस्तावमा मुख्यमन्त्री भट्टले यसलाई तल्लोतहसम्मको संरचनामा विस्तार गरेर संचालन गर्ने बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले प्रदेशसभा बैठकमा राख्नुभएको संशोधन गर्नुपर्ने प्रस्ताव अस्वीकृत गर्दै आजको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।