बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा २ वर्षे नाबालिकाको योनीमा कपडा कोचेर हत्या प्रयास, एकजना पक्राउ

शुक्रबार, २४ जेठ २०७६, १९ : ३५
शुक्रबार, २४ जेठ २०७६

जबरजस्ती करणीपछि २ वर्षे नाबालिकाको हत्या प्रयास गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका–१ सेमरा तेगछियाकी ४० वर्षीया कलावती देवी गिरी रहेकी छिन् । 

गिरीले बिहीबार दिउँसो ४ बजेको समयमा नाबालिका २ वर्षकी (नाम परिवर्तन) आरलाई परिवारसँगको पूर्व रीसीईबी साँध्ने मनाशयले जर्बजस्ती करणीपछि हत्या प्रयास गरेकी प्रहरी अनुसन्धानमा खुल्न आएको जि.प्र.का. बाराका प्रमुख एसपी सानुराम भट्टराईले जानकारी दिए । 

एसपी भट्टराईले भने, ‘घर अगाडि खेलिरहेको नाबालिकालाई जबरजस्ती उठाई एकान्तमा  लगी गिरीले प्लाष्टिकको डोरीले दुवै हात बाँधेर लगाएको कट्टु खोली योनीमा कपडाको टुक्रा कोचेको पाइएको छ ।’

२ वर्षे नाबालिकाको मुखमा समेत कपडा कोची घर आगाडि फालेर फरार रहेकी गिरीलाई शुक्रबार बिहानै पक्राउ गरी जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको एसपी भट्टराईले रातोपाटीसँग भने । 

पक्राउ परेकी देवीमाथि जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप