तेक्वान्दोमा अन्तर्राष्ट्रिय पदक जित्ने काब्य स्कुलकी अनुज्ञालाई सम्मान
काठमाडौँ । काठमाडौँको बुद्धनगरस्थित काब्य स्कुलले अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्णपदक जित्ने छात्रालाई सम्मान गरेको छ । स्कुलल ेबिहीबार एक कार्यक्रमको आयोजना गरी भुटानको थिम्पुमा आयोजना भएको पाचौं अन्तर्र्रािष्ट्रय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने काब्य स्कुल अध्यायनरत अनुज्ञा सापकोटालाई सम्मान गरेको हो ।
कक्षा १० माअध्ययनरत सापकोटाले महिला ४२ केजी जुनियर तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् ।कक्षा १ देखि स्कुलकै तेक्वान्दो क्लबमा रहेर राम कृष्ण श्रेष्ठको प्रशिक्षणमा रहेकी सापकोटालाई विद्यालयका प्रिन्सिपल नवराज बास्कोटाले सम्मान गरेका हुन् ।
आफ्ना विद्यार्थीले स्कुलको गरिमा अन्तर्राष्ट्रिय जगतमा नै राख्न सफल भएको भन्दै विद्यार्थीहरुलाई पढाई लेखाईसँगै अतिरिक्त क्रियाकलापको वातावरण सकेसम्म अझै फराकिलो बनाउन सहयोग पुर्याउने प्रिन्सिपल बास्कोटाले बताए । त्यस्तै, काब्यका स्पोट्र्स इन्चार्ज प्रज्वल प्रताप क्षेत्रीले काब्य स्कुलमा अनुज्ञाजस्ता अरु विद्यार्थीहरु पनि रहेकोले उनीहरुलाई पनि आगामी दिनमा त्यस्ता प्रतियोगितामा सहभागिताको लागि सहयोग गर्ने बताए ।
विद्यालयतथा राष्ट्रियस्तरको प्रतियोगिताबाटपनिथुप्रै उपाधिजितेकीअनुज्ञाकाब्य स्कुलतेक्वान्दोक्लबकोकप्तान समेतहुन् । काब्यको तेक्वान्दो क्लबमा ६० छात्रतथा २०छात्रा गरी ८० जनालेप्रशिक्षणगरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै