जोशीको मुद्दाको मिसिल पाँच वर्षसम्म पनि अदालत पुगेन
नेपाली कांँग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीसहितलाई मुद्दा चलाउन अख्तियारले गरेको निर्णय र मिसिल १५ दिनभित्र पेस गर्न सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।
पाँच वर्षसम्म पटक पटक ताकेता गर्दा पनि मिसिल प्राप्त नभएको भन्दै अदालतले सचिव र अन्य कर्मचारीसँग लिखित जवाफ पनि माग गरेको छ । जवाफ र मिसिलसहित १५ दिनभित्र आफैँ अदालतमा उपस्थित हुन पनि सर्वोच्चको आदेशमा भनिएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले न्याय सम्पादन प्रक्रियामा अख्तियारले अनावश्यक हैरानी पु¥याएको समेत आदेशमा उल्लेख छ ।
अदालतले जोशीसहित उनका साला ताराराज पाण्डेमाथि मुद्दा चलाउने निर्णयको मिसिल माग गरेको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्ले
ले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा