शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको मिसिल अख्तियारबाटै गायब !

यथाशिघ्र उपलब्ध नगराए कारवाही गर्ने सर्वोच्चको आदेश
बिहीबार, २३ जेठ २०७६, १९ : ०९
बिहीबार, २३ जेठ २०७६

काठमाडौं– नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको सक्कल मिसिल अख्तियारबाटै गायब भएको तथ्य सार्वजनिक भएको छ ।  बिहिबार सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नै कारण देखाउ आदेश जारी गर्दै १५ दिनभित्र भ्रष्टाचार मुद्दाको सक्कल मिसिल र अन्य कागजात उपलब्ध गराउन आदेश दिएको हो । 

सर्वोच्च अदालतले बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव स्वयं १५ दिनभित्र उपस्थित हुन भन्दै आदेश गरेको हो ।  अख्तियार दुरुपयोग अनुसनधान आयोगले काँग्रेसका नेता गोविन्दराज जोशी तथा उनका छोरा र भाञ्जाको नाममा भ्रष्टाचार गरी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर उक्त मुद्दामा विशेष अदालतले जोशीलाई सफाई दिएपछि अख्तियार सर्वोच्च अदालतमा गएको थियो । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेको बेला २०७१ साल भदौ २९ गते सर्वोच्च अदालतले अख्तियारलाई सक्कल मिसिल उपलब्ध गराउन आदेश दिएको थियो । 

तर सर्वोच्चले सक्कल मिसिल मागेको १ महिना कटेपछि अख्तियारले २०७३ कात्तिक २ गते सर्वोच्चलाई पत्र लेख्दै ‘आयोगमा रहेको उक्त मुद्दाको अभिलेख मिसिल अध्ययन गरी हेर्दा सो निर्णय कागजातहरु सो मिसिलमा नभेटिएको’ ब्यहोरा उल्लेख गरेर जवाफ पठाएको देखिन्छ । 

त्यसपछि सर्वोच्च अदालतले २०७३ भदौ २० गते पनि सक्कल मिसिल उपलब्ध गराउन ७ दिनको समय तोकेर अख्तियारलाई पत्र लेख्यो ।  त्यसको जवाफ पनि अख्तियारले १२ दिनमा मात्रै दियो र जवाफमा पनि ‘मिति २०६० वैशाख २५ मा भएको निर्णय खोजतलास गरी हेर्दा आयोगमा रहेको नक्कल मिसिलमा उक्त निर्णय संलग्न रहेको नदेखिएको, उक्त निर्णयको सम्बन्धमा खोजतलास भइरहेको र हालसम्म पनि सो निर्णय फेला नपरेको हुँदा फेला पर्नासाथ यथाशिघ्र पठाइने’ भनेर जवाफ फर्काएको छ । 

सर्वोच्च अदालतले पटकपटक सक्कल मिसिल र निर्णय माग्दा पनि अख्तियारले छैन भनेर जवाफ फर्काएको भन्दै त्यस्तो जवाफ स्वीकार्य हुन नसक्ने आदेशमा भनिएको छ ।  जोशीको मुद्दाको पेशी बिहिबारलाई तोकिएको भएतापनि अख्तियारले मुद्दा चलाउने निर्णयको सक्कलप्रति उपलब्ध गराउन नसकेपछि आज पनि उक्तमुद्दा पेशीमा चढ्न सकेन । 

त्यसलगत्तै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपनाप्रधानमल्लको संयुक्तइजलाशले १श्५ दिनभित्र सक्कलमुद्दा चलाउने निर्णयको सक्कलप्रतिलिएर आँफै उपस्थितहुनअख्तियारका सचिवको नाममाआदेश दिएको हो । 

१५ दिनभित्र सक्कल प्रति सहित आँफै उपस्थित नभए सचिवलाई कारवाही गर्ने चेतावानीसमेत दिँदै कारवाही गर्नु नपर्ने हो भने किन नपर्ने हो सो खुलाउन भनिएको छ ।

कसले पार्यो मिसिल गायब ?
अख्तियार दुरुपयोग अनुसन्धानआयोग अँफैले मुद्दा दायर गरेपनिमुद्दा दायर गर्ने निर्णयको सक्कल प्रति भने अख्तियारबाटै गायब पारिएको छ ।  अख्तियार दुरुपयोग अनुसनधान आयोगबाटै सक्कल मिसिल गायब हुँदा एकातिर जोशीको भ्रष्टाचार मुद्दा पेशीमा चढ्न सकेको छैन । यसले अन्ततःजोशीलाई भ्रष्टाचार मुद्दाबाट सफाई मिल्न जाने देखिन्छ ।

अख्तियारकै कर्मचारी र उच्चपदस्थको डिजाइनमा जोशीलाई मुद्दा चलाउने निर्णय सक्कल मिसिलबाटै गायब पारिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप