शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितुवाको छाला र दाँतसहित गोले पक्राउ

बिहीबार, २३ जेठ २०७६, १६ : ५९
बिहीबार, २३ जेठ २०७६

बारा– प्रहरीले बाराको जितपुरबाट चितुवाको छाला र चार वटा दाँतसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जितपुर र ईलाका प्रहरी कार्यालय जितपुरको टोलीले मकवानपुर जिल्लाको वकैया गाउँपालिका वडा नम्बर २ बस्ने सोमबहादुर गोलेलाई चितुवाको छालासहित बुधबार बेलुका पक्राउ गरेको हो । 

पक्राउ गोलेलाई आवाश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय बारा पठाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप