बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा, हालको मूल्य २ लाख २४ हजार

बिहीबार, २३ जेठ २०७६, १४ : २४
बिहीबार, २३ जेठ २०७६

ललितपुर– उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएको ‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा पनि भित्रिएको छ ।

बिहीबार ललितपुरमा एक कार्यक्रममा बीच दुगड ब्रर्दश एन्ड सन्स प्रालिले सो मोडलको स्कुटर पनि नेपाली बजारमा सार्वजनिक गरेको हो ।

म्याट रातो तथा पहेँलो आकर्षक रङले सजिएको सो स्कुटर उच्च प्रविधियुक्त भएको र त्यसले लामो दुरीको यातायातालाई पनि आरामदायी बनाउने कम्पनीका उपाध्यक्ष विवेक दुगडले जानकारी दिए ।

यसमा १२५ सिसीको आधुनिक प्रविधिको थ्रि भल्ब इन्जिन जडान गरिएको पनि कम्पनीले जनाएको छ ।

सो स्कुटरको मूल्य तत्कालका लागि २ लाख २४ हजार ९ सय राखिएको छ । असार मसान्त पछि नयाँ आर्थिक वर्षसँगै स्कुटरको मूल्यमा केही वृद्धि हुने पनि कम्पनीका उपाध्यक्ष दुगडले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप