पत्रकार दुर्व्यवहार प्रकरण: प्रदेश १ मा मिसन टोली गठन
बिहीबार, २३ जेठ २०७६, १४ : १०
विराटनगर– नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले इटहरीमा पत्रकारमाथि एकपछि अर्को पत्रकारमाथिको भएको दुव्र्यवहारको सत्यतथ्य अध्ययन गर्न मिसन टोली गठन गरेको छ ।
मिसन टोलीलाई अध्ययनपछि यथार्थ बाहिर ल्याउन जिम्मेवारी दिइएको छ । समितिको बिहीबार बसेको बैठकले पत्रकार मोहनकाजी न्यौपानेको संयोजकत्वमा गणेश लम्साल, अमर खड्का र जयकृष्ण यादव सदस्य (सदस्य रहेको मिसन टोली गठन गरेको हो ।
समितिले बैठकपछि जारी गरेको विज्ञप्तिमा सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले समाचार लेखेकै आधारमा पत्रकारहरुलाई दिएको धाकधम्की र दुव्र्यवहारको घटनापछि पत्रकार विराट अनुपम(गौतम) विस्थापित हुने अवस्थामा पुगेकोले आवश्यक सुरक्षा र संरक्षणमा राख्ने निर्णय पनि गरेको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार