ठमेल पर्यटन विकास परिषद्मा ३ जनाको उम्मेद्वारी
काठमाडौं– ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उक्त परिषद्को यही जेठ २५ गते हुनलागेको निर्वाचनका लागि प्रकाशनरसिंह राणा, अर्जुनलाल प्रधान र समीर गुरुङले उम्मेद्वारी दर्ता गरेको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए ।
यस्तै तीन उपाध्यक्ष पदका लागि राजुमान डङ्गोल, भवीश्वर शर्मा, गीता गुरुङ, महेश महर्जन, टासी गुरुङ, पाल्साङ गुरुङ, रत्नप्रसाद दुलाल, गोविन्दप्रसाद पन्थ र सुनिता श्रेष्ठको उम्मेद्वारी परेको छ । महासचिव पदका लागि धु्रव अधिकारी, सहदेव धमला र नारायण खनालको उम्मेद्वारी दर्ता भएको छ ।
सचिव पदका लागि दवाङ तामाङ, बद्रीप्रसाद तिमल्सिना र रामचन्द्र गिरी तथा कोषाध्यक्ष पदका लागि रामकुमार थपलिया, पुण्यराम लागेजु र रामशरण ढकालको उम्मेद्वारी परेको छ । सदस्य आठ पदका लागि भने १८ को उम्मेद्वारी परेको पूर्वअध्यक्ष थपलियाले बताउनुभयो । शनिबार हुने निर्वाचनमा ८१२ ले मताधिकार प्रयोग गर्ने परिषद्ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ