नेपाल मेडिसिटीले गर्यो फोक्सोको ट्युमरको बिना शल्यक्रिया उपचार
ललितपुर– नेपालमै पहिलो फोक्सोको ट्युमरको ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रियानै उपचार गरिएको छ । नेपाल मेडिसिटी अस्पतालले एक २० वर्षीय युवकको फोक्सोमा पलाएको ट्युमरको बिना शल्यक्रियानै उपचार गरेको हो ।
माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्युमरको उपचार गर्न सक्छ । चिकित्सकका अनुसार यस प्रविधिमा खुला शल्यक्रिया आवश्यक पर्दैन र सुुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिन्छ ।
यस उपचारमा संलग्न चिकित्सकहरु मध्येका एक डा. ओम बिजु पन्तका अनुसार नेपालमा कही–कही यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइए पनि फोक्सोमा भएको ट्युमरको लागि यो पहिलो सफलता हो । सिटी स्क्यान गरी सामान्य एनेस्थेसीयाको प्रयोगमा सानो आकारको ट्युमरको उपचार गरिएको हो ।
आइतबार सम्पन्न माइक्रोवेभ एबलेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालका रेडियोलोजी विभाग प्रमुख प्रा.डा. राम कुुमार घिमिरे, सोही विभागका डा. ओम बिजु पन्त तथा एनेस्थिेसेलोजीष्ट डा. अपूर्व शर्माको टिमले बिना शल्यक्रिया ट्युमर निकाले हो । अहिले विरामीको अवस्था सामान्य रहेको र उनी डिस्चार्ज पनि भइसकेको अस्पतालले जनाएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते