शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पको चीन, रुस र भारतमाथि प्रहार, ‘यहाँका मानिसलाई प्रदुषण र सरसफाइबारे चेतसमेत छैन’

बिहीबार, २३ जेठ २०७६, ०९ : ४७
बिहीबार, २३ जेठ २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनको मुद्दामा भारत, चीन र रुसको आलोचना गरेका छन् ।

ट्रम्पले भने, ‘भारत, रुस र चीनजस्ता देशमा राम्रो हावा र पानीसम्म पनि छैन । विश्वको पर्यावरणका लागि यी देश आफ्नो जिम्मेवारी निभाउँदैनन् न नै यी देशलाई जिम्मेवारीबोध नै छ । यी देशमा प्रदुषण र सरसफाइको विषयतमा चेतसमेत छैन । ’

ब्रिटिश च्यानल आइटीभीलाई दिएको अन्तरवार्तामा ट्रम्पले यस्तो भनेका हुन् ।

ट्रम्पले भने, ‘अमेरिका संसारको सबैभन्दा स्वच्छ देशमध्येको एक हो । यो कुरा आँकडामा पनि प्रष्ट भएको छ । स्थिती सुधारोन्मुख छ । यस्तै, भारत, चीन र रुसजस्ता देशलाई स्वच्छता र प्रदुषणबारे केही थाहा नै छैन ।’

ट्रम्पले थपे, ‘भारतसमेत विभिन्न देशमा राम्रो हावासमेत छैन । न नै सफा पानी । यदि तपाईं केही शहरमा जानुहुन्छ... म यी शहरको नाम लिन सक्दिनँ तर म लिनसक्छु । यी शहरमा जाँदा तपाईं साससमेत फेर्न पाउनुहुन्नँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप