मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘नाकमुख छोपेर अपराधीजस्तो भएर म कहिलेसम्म हिँड्ने ?’

बुधबार, २२ जेठ २०७६, २० : ३१
बुधबार, २२ जेठ २०७६

काठमाडौ –  विश्व वातावरण दिवसको अवसरमा करियर प्वाइन्ट एजुकेसन सर्भिसको आयोजनामा बुधबार बौद्धमा स्वच्छ वायुको अधिकारसम्बन्धी एक कार्यक्रम सम्पन्न गरिएको छ । 

‘स्वच्छ वायु स्वच्छ जीवन’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा बालबालिकाहरुले स्वच्छ वायुको अधिकार सम्बन्धी  ‘डियर सरकार खै त मेरो स्वच्छ हावामा जिउने अधिकार’, ‘वायु प्रदुषण पनि विनाशको एक हतियार हो’, ‘नाकमुख छोपेर अपराधीजस्तो भएर म कहिलेसम्म हिँड्ने’, ’स्वच्छ हावा मेरो अधिकार’ लगायतका नारा सहितको प्ले कार्ड बोकेर बौद्धमा प्रदर्शन गरेका थिए । 

प्रदुषणको मुख्य असर बालबालिकालाई सिधै पर्ने भएको हुँदा उनीहरुले दैनिक रुपमा सामाना गर्नुपर्ने समस्याविरुद्ध र सम्बन्धित निकायलाई झक्झक्याउन नेपाल टिन लिडर्ससँग मिरेर यो कार्यक्रम गरिएको करियर प्वाइन्ट एजुकेसन सर्भिसका संचालक विशाल केसीले जानकारी दिए । 

सो कार्यक्रममा बौद्धको सर्वनाम शिक्षालयका विद्यार्थीहरुको विशेष उपस्थिति रहेको थियो ।  सो कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल टिन लिडर्सको सदस्य रोमियो घले गुरुङ, ओजस्वी शिवाकोटी लगायतको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप