शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल आइडल रवि ‘दिलको फ्रेममा’

बुधबार, २२ जेठ २०७६, १४ : ५९
बुधबार, २२ जेठ २०७६

काठमाडौं– दोस्रो नेपाल आइडल रवि ओडको स्वरमा रहेको नयाँ गीत ‘दिलको फ्रेममा’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा ओडलाई गायिका पुष्पा पौडेलले स्वरमा साथ दिएकी छन् । 

दीपक शर्मा रहेको गीतको भिडियो सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा पुष्पल खड्का र आँचल शर्मा देखिएका छन् । भिडियोमा युवापुस्ताको माया प्रेम र रोमान्टिक अवस्थालाई गज्जबसँग देखाउन खोजिएको छ । 

गीतको भिडियोमा गायक ओड पनि अभिनय देखिएका छन् । भिडियो सार्वजनिक गरिएको २४ घण्टा नबित्दै करिब साडे २ लाख बढी दर्शकको माया पाउन सफल भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप