शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व स्काउट भेलामा नेपालको झण्डा फहराइँदै

बुधबार, २२ जेठ २०७६, १४ : ०५
बुधबार, २२ जेठ २०७६

काठमाडौं  । नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइटेलले विश्व स्काउट जम्बोरीमा नेपालको झण्डा फहराउने भएका छन् ।

लुइटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई विश्वकै सर्वोच्च शिखरमा पु¥याएका थिए । 

त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्टाउटर भेला हुने समारोहमा लुइटेलले फहराउन लागेका हुन् । 

अमेरिकाको वेस्ट भर्ज्निियामा हुने २४ औं समारोहको उद्घाटन सत्रमा नेपाल र जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गर्ने लुइटेलले बताए । 

कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे । 

पहिलो पटक २ चैत  ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो । भूकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए । 

पछि पुन ७ जेठ  ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप