शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंक र सानिमा लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स

मङ्गलबार, २१ जेठ २०७६, १९ : १३
मङ्गलबार, २१ जेठ २०७६

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेड र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड बीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

सो सम्बन्धि सम्झौता पत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महा–प्रबन्धक अर्जुन भद्र खनाल र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट महा–प्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे ।

सिद्धार्थ बैंकका सहायक महा–प्रबन्धक अर्जुन भद्र खनालले आगामी दिनहरुमा, सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडमा बिमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बिमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट  उपलब्ध हुने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप