शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोयल इनफिल्ड क्लासिक–३५० सीसी नेपालमा, हालको मूल्य ५ लाख १५ हजार

मङ्गलबार, २१ जेठ २०७६, १८ : ५७
मङ्गलबार, २१ जेठ २०७६

काठमाडौं– विश्वको एक मात्र सबै भन्दा पुरानो मोटरसाईकल “रोयल इनफिल्ड” क्लासिक–३५० सीसी अब नेपालमा भित्रिएको छ ।  

रोयल इनफिल्डको नेपालका लागि आधिकारीक बिक्रेता एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्सले रोयल इनफिल्डको लोकप्रिय मोडल क्लासीक ३५० सी.सी. बीएस आईभी, रेयर डिस्क ब्रेक गनमेटल ग्रे  नेपाली बजारमा सार्वजनिक गरेको हो ।

रोयल इनफिल्ड ३५० सीसी गनमेटल ग्रे स्पोर्टी लुक, म्याट फिनिस, रेयर डिस ब्रेकसहित विशेषतामा उपलब्ध छ । रोयल इनफिल्ड ३५० सीसी क्लासिक नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड हो । यसले युवाहरु, व्यवशायिक तथा सौखिन समूहको मन जितिरहेको छ । 

विवेक अटोमोबाइल्सले आफ्ना १९वटा शाखा एवं डिलरहरु मार्फत विक्री वितरण शुरु गरेको छ । रोयल इनफिल्ड दोस्रो विश्वयुद्ध पश्चातको व्रिटिस मोटर साईकलहरुको स्मरण गराउँदछ ।

रोयल इनफिल्ड क्लासिक ३५०सीसीको इन्जिन, हेडलाईट क्यासिङ्ग, फ्युल ट्याङ्क, डुअल डिस्क ब्रेक, ओभल टुलबक्स, एक्सहसष्ट फाइनस्, स्पिडो मिटर डायलस्, सिंगल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्ब्री र हेडलाईट क्याप सहित उपलब्ध छ ।

हाल थपिएको रेयर डिस ब्रेकका कारण टुरिङ, दैनिक राइडिङका लागि सुरक्षित भेैरहेको रोयल इन्फिल्ड अब झन सुरक्षित हुने कम्पनीको दावी छ । रोयल इन्फिल्ड क्लासिक ३५० सीसी केही समय सम्मका लागि मात्र ५ लाख १५ हजारमा उपलब्ध छ । रोयल इनफिल्ड क्लासिक गनमेटल ग्रे को १९वटै शाखा तथा डिलरहरुबाट बिक्री एवं बिक्री पछि सेवाहरु प्रदान गरिरहेको कम्पनीले बताएको छ ।

विश्वमा मिड साईज मोटरसाइकल उत्पादन गर्ने कम्पनीहरु मध्ये रोयल इनफिल्ड विश्वको नम्बर १ कम्पनी हो । रोयल इनफिल्ड कम्पनीले आफ्ना ग्राहकहरुको मागलाई पूूर्तिगर्न दू्रतगतिका साथ उत्पादन बढाईरहेको छ । रोयल इनफिल्ड विगत ५ वर्ष देखि ४० प्रतिशतका दरले बृद्धि हासिल गरिरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप