शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरोपमा सुहानाको हट अवतार

मङ्गलबार, २१ जेठ २०७६, ११ : ००
मङ्गलबार, २१ जेठ २०७६

काठमाडाैँ – ‘ए मेरो हजुर ३’ की अभिनेत्री हुन्, सुहाना थापा । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको यो उनको डेब्यु फिल्म हो । अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनयमा भित्रिएकी उनले पहिलो फिल्मबाट नै सफलताको स्वाद चाख्न सफल भइन् । 

धार्मिक आस्थाकी उनी कृष्णभक्त पनि हुन् । प्राय कुर्ता र सभ्य पहिरन लगाउन मन पराउने उनको फिल्म अभिनय धेरैले रुचाएका छन् । 

फिल्ममा पनि नर्मल पहिरनमा देखिएकी सुहानले सामाजिक संजालमा भने कहिले काही निकै हट तस्बिर शेयर गर्ने गरेकी छन् । हालै पनि उनले केही तस्बिर सार्वजनिक गरेकी छन् । जसको कारण उनको चर्चा अहिले चुलिएको छ । 

तस्बिरमा उनले हल्का ग्रिन कलरको गाउन लगाएकी छन् । गाउनमा उनले गाडी भित्र र गाडी बाँहिर दुई तस्बिर खिचाएकी छन् । तस्बिरमा उनको सौदर्यता झल्किनुका साथै उनी हट समेत देखिएकी छन् । 

उनी अहिले युरोप टुरमा छिन् । सायद त्यसैले पनि होला अन्य कलाकार झै उनी पनि बिदेश पुगेपछि निकै खुल्न थालेकी छन् । पछिल्लो केही समययता उनले सार्वजनिक तस्बिरले पनि सो अनुमान लगाउन सकिन्छ । 
स्वदेश प्रदर्शनमा ५१ औं दिन मनाइसकेको ‘ए मेरो हजुर ३’ बिदेशका बिभिन्न मुलुकमा पनि राम्रो प्रदर्शन भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप