रहस्यमयी गाउँः जहाँ एउटा रुखले बनाइदियो सबैलाई अन्धो, अन्य आश्चर्यलाग्दा कुराहरु
भारतको एउटा गाउँ ‘टिल्टेपक’ का सबै मानिसहरु अन्धो छन् । उक्त गाउँमा बस्दै आएका जोपोटेक जनजातीका मानिसहरु वास्तबमा जन्मदेखि नै अन्धो भने हुँदैनन् । तर, उमेर बढेसँगै विस्तारै उनीहरुले आखाँको ज्योती गुमेको थाहा पाउँछन् । यो के कारणले भएको छ कसैलाई पनि थाहा छैन । यस गाउँमा अन्य थुप्रै रहस्यहरु भेटिन्छन् ।
एउटा रुखलाई मानिन्छ अन्धोपनको कारण एउटा रुखलाई मान्दै आएका छन् । उक्त गाउँमा भएको ‘लावजुएजा’ को रुखलाई हेर्दाहेर्दै अन्धो भएको उनीहरु बताउँछन् । गाउँलेले अन्धोपनको कारण रुखलाई भनेपनि वैज्ञानिकले उक्त गाउँमा भएको अन्धोपनको कारण झिँगा भएको पत्ता लगाएका छन् । झिँगाले मानिसलाई टोकेपछि त्यसको सीधा असर आखाँमा पर्ने भएकाले विस्तारै आखाँमा असर पर्दै गएर उनीहरुले आखाँको ज्योती गुमाउँछन् ।
अजब–गजब व्यवहार देखाउँछन् मानिसहरु
उक्त गाउँमा रहने मानिसहरुको व्यवहार अजब–गजब हुन्छन् । मानिसहरु कोदो र खुर्सानी खाने गर्छन् । उनीहरु कोदो त खानाको लागि खाने गर्छन् तर त्यससँगै सुख्खा खुर्सानी किन खान्छन् कसैलाई थाहा छैन । यस गाउँमा जम्मा ७० वटा झुपडी रहेको छ । तर, कुनै पनि झुपडीमा झ्याल छैन ।
मान्छे मात्र होइन जनावर र पन्छी पनि अन्धा
मानिसहरु मात्र होइनन् उक्त गाउँमा पशु–पन्छी पनि अन्धा छन् । यो गाउँमा पन्छिहरु उडेको देख्न पाइदैन किनकी चरा उड्न खोजेपछि कतै ठक्कर खाएर खस्छन् र धेरै बाँच्दैनन् पनि ।
रातमा पिउँछन् रक्सी
यहाँका मानिसहरु रातमा खाना खाएपछि मदिराको सेवन गर्छन् । त्यहाँका मानिसहरुलाई आफूहरु अन्धो भएकोमा कुनै पछुतो वा दुख छैन । त्यहाँका मानिसहरु काठबाट बनेको हतियार प्रयोग गरेर आफ्नो रक्षा गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित
-
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने
-
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय