बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो साम्राज्ञीको ‘मारुनी’

आइतबार, १९ जेठ २०७६, १४ : ५२
आइतबार, १९ जेठ २०७६

काठमाडौं –अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’को फष्टलुक सार्वजनिक गरिएको छ । १३ भदौबाट प्रदर्शनमा आउने भनिएको फिल्मको फस्टलुकमा  खड्का देखिएका छन् । 

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो फिल्म नवल नेपालले निर्देशन गरेका हुन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री फिल्मको सहनिर्मातामा रहेका छन् । 

फिल्ममा साम्राज्ञी र पुष्पलको अलवा, रेविका गुरुङ, सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारीको अभिनय रहेको छ । 

अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको अभिनेत्री साम्राज्ञीले ‘मारुनी’ आफ्नो करिअरको महत्वकांक्षी फिल्म भएको बताएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप